

काठमाडौँ। प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिहारपछि सरकारले आर्थिक गोलमेच गर्ने बताएका छन्। शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उनले सरकार आर्थिक गोलमेचको तयारीमा रहेको बताएका हुन्।


शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा आएपछि अर्थतन्त्रमा राम्रो सुधार आएको पनि बताए।

‘उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले सात अर्ब छुट्याइएको छ। छिट्टै थप सात अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौँ,’ प्रधानमन्त्रीले भने, ‘म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर, दबाबमुक्त भइसकेको छैन, तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु।’









