रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर

Open photo

रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट दाङ जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा पल्टिँदा २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

1

बसमा सवार ३८ मध्ये बाँकी १८ जना भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।

घाइतेहरुको  देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले पक्राउ गरेको छ।

 

111

अन्य समाचारहरु