विश्वकप फाइनल शुरु : भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै, कसले मार्ला बाजी ?

Open photo

काठमाडौं । आज क्रिकेट विश्वकपको फाइनल खेल हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारतको राष्ट्रिय टिम र अस्ट्रेलियाको राष्ट्रिय टिम प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपको फाइनल आज दिउँसो सवा २ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

आठ पटकसम्म फाइनल खेलेको अष्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ । चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ । विश्वकपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अष्ट्रेलियाले जितेको थियो ।

1

भारत र अष्ट्रेलियाबीच अहिलेसम्म १ सय ५० वटा एकदिवसीय खेल भएकोमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ । भारतले जम्मा ५७ वटा जितेको छ । विश्वकपमा भारत र अष्ट्रेलियाबीच १३ पटक खेल भएकोमा आठ पटक अष्ट्रेलियाले र पाँच पटक भारतले जितेको छ । यो विश्वकपमा भारत अहिलेसम्म अपराजित छ । अष्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

1

समर्थकले भारतको जितका लागि प्रयागराज, मुम्बई, अहमदाबादमा पूजाअर्चनासहित यज्ञहवन गरेर प्रार्थना गरिरहेका छन् ।

रेलवेले दिल्ली र मुम्बईदेखि अहमदाबादसम्म विशेष ट्रेन चलाउने घोषणा गरेको छ । फाइनल खेल हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्स पनि उपस्थित हुनेछन् ।

 

111