सिरहामा तीव्र गतिका दुई मोटरसाइकल ठोक्किँदा तीन युवकको मृत्यु, एक गम्भीर घाइते

Open photo

सिरहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।

5 of family die in car-truck collision in Rajasthan's Jodhpur | udayavani

सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

1

दुर्घटनामा सिरहाकै अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार, १५ वर्षीय युवराज यादव गम्भीर घाइते छन्।

1

उनलाई सिरहा प्रादेशिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि राति नै विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ।

दुवै मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर ठोक्किएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। -एनपि

 

111