रूस-युक्रेन युद्ध : रूसी सेनामा कार्यरत राजकुमार रोक्काको मृत्यु

Open photo काठमाडौँ- रूसी सेनामा भर्ना भएको एक नेपालीको मृत्यु भएको छ । दोलखाका राजकुमार रोक्काको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको उनका साथी प्रदीपकुमार गिरीले इकागजलाई बताए ।

रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए ।

1

नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए । उनीबारे थप विवरण आउन बाँकी छ ।

 

111Open photo