लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा आजबाट जग्गा किनबेच गर्न फुकुवा

Open photo

दाङ। लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा कित्ताकाट नहुनेगरी आजबाट किनबेचको लागि फुकुवा भएको छ।

प्रदेश सरकार मन्त्रीपरिषद्को कातिक १ गते बसेको बैठकले कित्ताकाट नहुनेगरी जग्गा किनवेचको लागि फुकुवा गरेको निर्णय आजबाट कार्यान्वयनमा आएको हो।

1

सो निर्णयका आधारमा आज (बिहीबार)बाट किनबेचका लागि जग्गा फुकुवा भएको मालपोत कार्यालय लमहीले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् लुम्बिनी प्रदेशको कार्यालयको निर्णय र पत्रको आधारमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३, अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ को जग्गा फुकुवा गरिएको हो।

1

एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ता काट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको कुनै प्रकारको स्वरुप परिर्वतन गर्न नपाउने गरी फुकुवा भएको गरिएकाे हाे।

प्रदेश राजधानी घोषणा हुनु अघि २०७७ साल असोज १६ गते जग्गा रोक्का राख्ने निर्णय गरिएको थियो। लामो समय जग्गा रोक्का हुँदा यहाँको जनजीवन प्रभावित भएको थियो। कारोबार र लगानी ठप्प हुँदा आर्थिक कारोबारसमेत सुस्ताएको थियो।

111Open photo

अन्य समाचारहरु