साना किसान कृषि सहकारी संस्था धारापानीको छैठौं साधारण सभा सम्पन्न (तस्बिर सहित)

Open photo

-अजय के .सी ,अर्घाखाची डट्कम्। 

धारापानी – साना किसान कृषि सहकारी संस्था धारापानीले छैठौं साधारण सभा सम्पन्न गरेको छ । धारापानी शान्ती मा,बि मा सम्पन्न साधारण सभामा संस्थाकि अध्यक्ष कबिता पौडेलले प्रस्तुत गरेको संस्थाको बाषिँक प्रतिबेदन सहितको प्रस्ताब सभाले पारित गरेको छ।

No description available.1

साधारण सभामा बोल्दै भुमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले सहकारिले पैसाको लेनदेन लगानी तथा ब्याजमा मात्र सिमित नभई कृषि उत्पादनमा बढी ध्यान दिन आग्रह गर्नु भएको थियो ।

No description available.

यस्तै साधारण सभामा नगर प्रबक्ता तथा वडा नम्बर ४ का अध्यक्ष बाबुराम पन्थीले एउटा सहकारीबाट पैसा निकाल्ने अर्कोमा तिर्ने चलनलाई अन्त्य गर्दै नया उत्पादन तथा आय मुलक काममा लगानी लगाउन अनुरोध गर्नु भएको थियो ।

No description available.

कार्यक्रममा विभिन्न राजनिति दलका प्रतिनिधि, समाजसेबि ,सुरक्षाकर्मी लगायत अतिथिले समेत शुभकामना मन्तव्य राखेका थिए।

No description available.

७ सय भन्दा बढी शेयर सदस्य रहेको उक्त संस्थाले आफ्ना सदस्यहरुलाई सुलभ कर्जा सुबिधा सहित उन्नत बीउ बिजन ,रासायनिक मल, बिक्री बितरण साथै सदस्यहरुलाई निशुल्क भित्रे पात्रो लगायतका सुबिधाहरु दिदै आएको छ ।

No description available.1

साधारण सभाको अबसर पारी संस्थाले उत्कृष्ट कृषक ,जेष्ठ सदस्य ,उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान समेत गरेको थियो । साथै संस्थाको तर्फबाट विभिन्न समाजसेबि ,राजनितिज्ञ सुरक्षाकर्मीहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

थप् तस्बिर् :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

111Open photo