मकैको पोस्कर किलोमा बिक्रि, नसोंचेको आम्दानीले भुमिकास्थानका नागरिक दङ्ग (तस्बिर सहित )

Open photo

-गोपाल प्रसाद भट्टराई
अर्घाखाँची – मकै भन्दा पोस्कर (खोस्टा) ले मुल्य बढि पाउन थालेपछि अर्घाखाँचीको भुमिकास्थानका नागरिकको अतिरिक्त आम्दानी हुन थालेको छ । आफ्नै बारीमा फलेको मकैबाट निस्किएको पोस्करबाट मुल्यवान हस्तकला सामानबाट नसोंचेको अतिरिक्त आम्दानी हुन थालेको हो । गाईभैंसीलाई घाँस हाल्ने, नखाए खेर फाल्ने मकैको पोस्कर (खोस्टा) बाट टोपी, झोला र ढक्की जस्ता सामान बनाउने सिप सिकाएर तयारी सामान नगरपालिकाले खरिद गरिदिने भएपछि भुमिकास्थानका किसानहरुमा अर्को खुशी थपिएको छ ।
1
भुमिकास्थान नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷०८१ देखि संचालनमा ल्याएको कर्मशिल जनशक्ति परिचालन कार्यक्रम अन्तरगत पहिलो चरणमा बाँझो जग्गामा व्यवसायिक खेती कार्यक्रम संचालन गरेको छ भने दोस्रो चरणमा पोस्कर र थाकलको पातबाट हस्तकलाका सामान तयार गर्ने जनशक्ति उत्पादन गरेको छ । मकैको पोस्कर र थाकलको पातबाट झोला, टोपी र ढक्की बनाउने ३० दिने तालिमबाट भुमिकास्थानमा १ सय जना कर्मशिल जनशक्ति तयार भएका छन ।
No description available.
प्रत्येक वडाबाट १० जनाका दरले १ सय जनाले तालिम लिएर कर्मशिल जनशक्तिको रुपमा काम गर्न योज्ञ भएको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले जानकारी दिनुभएको छ । ओम राजश्री मल्टि एग्रो प्रा।ली। काठमाडौंको प्राविधिक सहयोगमा भुमिकास्थानले १० वटै वडामा संचालन गरेको पहिलो चरणको ३० दिने तालिम मसिंर २४ गतेबाट समापन गरिएको नगरप्रमुख थापाको भनाई छ । “खेर जाने पोस्करबाट आम्दानी दिने सामाग्री बनाउन हामीले अभियान चलाएका छौं” नगर प्रमुख थापाले भन्नुभयो, “यहाँका नागरिक पनि हाम्रो अभियानलाई साथ दिंदै व्यावसायिक रूपमै काममा लाग्ने योजना बनाउन थाल्नुभएको छ ।” उहाँले अगाडि थप्नुभयो,“ सबैलाई उत्पादनमा जोडेर भुमिकास्थानलाई समृद्ध बनाउने छौं ।”
३० दिने तालिमकै समयमा प्रयोग भएको पोस्कर र तयार भएका हस्तकलाका सामाग्री समेत नगरपालिकाले खरिद गरि पैसा दिनथालेपछि व्यावसायिक रूपमै पोस्करका सामाग्री बनाउन भुमिकास्थानका किसानको रहर जागेको भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यको भनाई छ । सुकेको पोस्करकै प्रति किलो १ सय ५० रुपैंया, पोस्करबाट बनेको टोपी प्रति थान ६ सय रुपैंया र झोला प्रति थान ५ सय रुपैंयामा बिक्री हुन थालेपछि भुमिकास्थानका सर्वसाधारण दङ्ग छन ।
1
नगरपालिकाको आयोजनामा तालिम प्राप्त कर्मशिल जनशक्तिले तयार पारेका पोस्कर र थाकलको पातबाट बन्ने सामाग्री ओम राजश्री मल्टि एग्रो प्रा।ली। काठमाडौंले बजारीकरण गर्नेगरि सम्झौता भएको भुमिकास्थानका योजनाशाखा अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिनुभएको छ । उहाँका अनुसार ३० दिने तालिमबाट तयार भएको जनशक्तिले १५ दिन सामुहिक रूपमा सामाग्री बनाउनेछन भने त्यस्पश्चात ओम राजश्रीले ७ दिन पुनः रिफ्रेसिङ्ग तालिम दिनेछ । उक्त तालिमपछि भुमिकास्थानका १० वटै वडामा तयार भएका सामाग्रीलाई संकलन गर्न भुमिकास्थानको कोशेलीघर स्थापना गरि बजारीकरण गरिने नगरपालिकाले जनाएको छ ।
1
कर्मशिल जनशक्ति परिचालनबाट तयार हुने सामाग्री तथा उपजको बजारीकरणको ज्ञ्ारेन्टि भएसंगै भुमिकास्थानका सर्वसाधारणको आन्तरिक आम्दानी बढ्ने, स्वरोजगारको सिर्जना हुने र बसाइसराई रोकिने आँकलन गरिएको छ ।
भुमिकास्थानका १० वटा वडाका सहभागिलाई समेटेर ५ ठाउँमा संचालन गरिएको पोस्करबाट सामान बनाउने ३० दिने तालिम मंसिर २४ गते आइतबारबाट समापन गरिएको छ । भुमिकास्थान नगरपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी र स्थानिय सरोकारवालाको सक्रिय सहभागितामा गराइएको तालिम निकै फलदायी भएको प्रतिफल समेत परिणाममुखी आउने देखिएको भुमिकास्थानका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको दाबी छ ।

 

111Open photo