भुमिकास्थान नगरपालिकाको १४५ रोपनी बाँझो जग्गामा प्याज र गहत खेती

Open photo

– सागर महत 

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले १ सय ४५ रोपनी बाँझो जग्गाको सदुपयोग गरी प्याज र गहत खेतीको सुरुवात गरेको छ ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले बढ्दो बसाईसराई रोकथामका लागि चालु आर्थिक वर्षमा नगरपालिकाभित्र रहेका बाँझो जग्गाको खोजी गरि वेरोजगार नागरिकहरुलाई रोजगारी दिने कार्यक्रम अघि बढाएको छ । पूर्वाधार निर्माणको निरन्तरता सँगसँगै बाँझो रहेका जग्गाका धनीहरुसँग सम्झौता गरी पहिलो चरणमा प्याज र गहत खेतीको सुरुवात गरेको हो ।

1

कर्मशील जनशक्ति परिचालनमार्फत उत्पादित वस्तुको बजारीकरण गर्ने, बेचविखन गर्ने, बिक्रिबाट प्राप्त आयलाई नगरपालिकाको आन्तरिक आयखातामा जम्मा गरी सुचिकृत वेरोजगारहरु परिचालन गर्ने र सो वापत उनीहरुलाई पारिश्रमिक दिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले बताउनुभयो ।

1

सुचिकृत विपन्न वेरोजगार जनशक्ति मध्ये १ सय जनालाई कर्मशील जनशक्तिमा परिचालन गरिएको छ । १० वटा वडा रहेको नगरपालिकाले पहिलो चरणमा १ सय ४५ रोपनी जग्गा लिजमा लिएको छ । जसमा प्याज खेती सुरु गरिएको छ । वडा नम्बर ९ ढिकुराको डेभा, वडा नम्बर ५ असुरकोट दुर्वाङ्ग, वडा नम्बर २ ढाकावाङ्ग खाकाबेसी र वडा नम्बर ७ को डुम्रिचौरमा यो अभियानको सुरुवात गरिएको नगरप्रमुख झविलाल थापाले बताउनु भयो ।

दिन प्रतिदिन बढ्दो बसाईसराई र वेरोजगारीको संख्या बढ्दो क्रममा रहेकोमा जिल्लाका ६ वटा पालिका मध्ये भुमिकास्थान नगरपालिकाले संचालन गरेको बाँझो जमिनको सदुपयोग यस कार्यक्रमले निरन्तरता पाएमा कार्यक्रम प्रभावकारी हुने देखिन्छ ।

111Open photo