शेयर बजारमा उत्साह : झण्डै सात अर्बको कारोबार, आधा दर्जन कम्पनीको मूल्यमा सर्किट

Open photo

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि शेयर बजारमा उत्साह देखिएको छ । ३८.१४ अंकले बढ्दै बजार २०६०.४९को बिन्दुमा उक्लिएको छ ।

1

सोमबार २ करोड १४ लाख ९७ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको भयो ।

सोमबार छ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने सात कम्पनीको मूल्य नौ प्रतिशतभन्दा बढीले बृद्धि भयो ।

कारोबारमा आएका २४२ कम्पनीमध्ये १६५ को मूल्य बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ ।

सोमबार सबैभन्दा बढी ५.५३ प्रतिशतले लघुवित्त क्षेत्रका कम्पनीको मूल्यमा बृद्धि भयो भने होटल र लगानी क्षेत्रमा तीन प्रतिशतभन्दा बढीले बृद्धि भयो । सबैजसो क्षेत्रमा हरियाली छाउँदा जलविद्युत क्षेत्रमा भने केही गिरावट आएको छ ।

 

111Open photo