बुटवल स्थित साइन रेसुङ्गा बैंकका एक कर्मचारी फुलबारीमा झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।
बैंकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको अवस्थामा फेला परेका हुन् ।
आज बिहान बुटवलको फुलवारी स्थित एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केहीबेर पछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।