मन्सिर “पुर्णिमा” कुल पुजा : धारापानीका बन्जाडेहरुको कुल पुजा सम्पन्न (तस्बिर सहित )

-राम प्रसाद बन्जाडे ,अर्घाखाची।

धारापानी – कुल देवता पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कुल पूजा भनेको कुलको परम्परा वा शास्त्रीय विधिअनुसार पितृ, ख्याति प्राप्त पुर्खा, कुलका संरक्षक देवता तथा स्थानीय देवी देवताको निश्चित तिथिमा गरिने पूजा हो।

No description available.1

शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनीजस्ता शब्द प्रयोग गरेको पाइन्छ। जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो न प्रयक वंशको आफ्नै कुल देवता हुन्छ । प्राय हिन्दू, बौद्ध का साथै अन्य धर्महरूका अनुयायीहरूले पनि कुलायनको पूजा गरेको पाइन्छ । कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वस गरिन्छ ।

सबै वंशहरूको आफ्नो आफ्नो कुलायन अथवा कुल देवता हुन्छन् । कतिपयले कुलायनको पूजा गर्दा जिवबली दिएर पूजा गरेको देखिन्छ । जिवबलीमा राँगा, बोका, सुँगूर, कुखुरा, हाँस आदी पशुपंक्षीहरूको बलि दिएर पूजा गरिन्छ । जिव बलि दिएर पूजा गर्दा पशूलाई समेत मुक्ती मिल्छ भन्ने रहेको छ । तर हिन्दूधर्मको पवित्र धार्मीक ग्रन्थ गिता र श्रुतीमा हिंसा गर्नु महापातक हुने कुरा भनिएकोले कुलायन पूजा गर्दा दुध, खिर, फलफूलको भोग लगायर पूजा गर्नु पर्छ भनिएको छ ।

कुलदेवता, इष्टदेवता वा अन्य देवीदेवताको परम्परा अनुसार खास तिथि वा दिनमा गरिने पूजा–उपासनालाई देवाली भनिन्छ। परम्परागत रूपमा ज्येष्ठ शुक्ल पूर्णिमा र मार्गशीर्ष शुक्ल पूर्णिमा यस्तै भुमिकास्थान नगार पालिका धारापानी का बन्जाडे हरुले आज कुल्पुजा गर्ने गर्छ्न (धान्यपूर्णिमा) का दिन देवाली गर्ने चलन छ।

यस्तै सम्पुर्ण  बन्जाडे तथा कौडिण्य गोत्र तथा भुमिकास्थान नगरपालिका ४ धारापानीमा रहेका बन्जाडेहरुले भने खिरपिठो जस्ता परिकारहरु दिदै कुल्यानलाई खुसि बनाउदै साथमा पाठाहरु बलिदिने, आफना पुर्खाहरुले चलाएको चलन अहिले पनि यस गोत्र तथा दाजुभाईमा चलिरहेको छ।

images

1

यस्तै एक साल खिर पिठो पकाएर कुल्यान पुजने चलन छ। भने अर्को साला खिरपिठो सङै बलिदिने चलन पू्र्खा देखि चलि आएको छ। यस्तै पाठा हरु बलिदिदा धामि काम्ने लामो समयदेखि कुल पुजाको लागि बिशेष चोखनिद र आफु सुद्द हुने र बाजेहरुले गर्दै आएको यो चलन अहिले पनि छ। यस्तै नयाँ मिठा परिकारहरु सबैभन्दा पहिले पितृ तथा देवीदेवतालाई चढाएर मात्र आफुले खाने गर्ने चलन छ।

images

No description available.

विशेषगरि नयाँ चामलबाट बनेको खीर, पुवा आदि पकाएर कुलदेवतालाई अर्पण गरिने धारापानीका बन्जाडेहरुको यो दिन बिशेष हुन्छ।No description available.

images

111