भारत : मध्य प्रदेशमा सवारी दुर्घटनामा १२ जनाको मृत्यु

भारतको मध्य प्रदेशस्थित गुनामा सडक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

बुधबार राति करिब ९ बजे डम्पर र बस एकआपसमा ठोक्किएर बसमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

1

जलेर घाइते भएका यात्रुहरुको अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बसमा करिब ४० यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा परेकाहरुको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।

 

 

111