कुलमानको प्रष्टीकरण : बक्यौता नतिरे अरु उद्योगको पनि लाइन काट्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको विषयमा प्रष्ट पारेका छन् । कार्यकारी निर्देशक कुलमानले पत्रकार सम्मेलनमार्फत बिजुली काटिएपछि भइरहेका आलोचना प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको बताए ।

1

प्राधिकरणले हालै लाइन काटिएका नौं उद्योगको करिब १२ अर्ब ५० करोड रूपैयाँ बराबरको बक्यौता रहेको जनाएको छ । बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशः बिजुली काट्दै जाने जाने रणनीतिमा कुलमानले बताए । सर्वसाधारणले विगतमा दैनिक १७÷१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेको बेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए । २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ ।

1

बिजुली काटिएका उद्योगहरूमा जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, घोराही सिमेन्टको १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टको १ अर्ब ३० करोड, लक्ष्मी स्टिलको ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टको ६८ करोड ९० लाख, अशोक स्टिलको ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलको ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सको ८६ करोड ९० लाख रूपैयाँ बक्यौता बाँकी छ ।

1

डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसीर मसान्तसम्म कुल २२ अर्ब २४ करोड बक्यौता रहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत लाइन बिच्छेद थालेपछि तत्कालीन मन्त्रिपरिषद्को २०७६ पुस २१ गतेको निर्णयबमोजिम ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ, उद्योग मन्त्री र सोही मन्त्रालयका सचिवको बैठकले कोरोना महामारीको कारण देखाउँदै थप निर्णय नहुञ्जेल विद्युत लाइन नकाट्ने निर्णय गरेको थियो ।

हेर्नुस् प्राधिकरणको विज्ञप्ति : 

k 2
k1
k2
k3

 

111