बालकुमारी घटनामा मारिएका वीरेन्द्र र सुजनको सम्झनामा बुटवलमा दिप प्रज्वलन

– टेकराज भुसाल

बुटवल ।   ललितपुरको बालकुमारी घटनामा मारिएका दुई युवाको सम्झनामा बुटवलमा दिप प्रज्वलन गरिएको छ ।

1

बुटवल-१३ बेलवास चाेकमा लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलका बि.ए.एल.एल.बि प्रथम सेमेस्टर  अध्यनरत विद्यार्थीहरुले प्रहरीको गोली लागेर मारिएका अछामका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको सम्झनामा दिप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरेका हुन्।

1

दिप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण कार्यक्रममा बाेल्दै लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलका विद्यार्थीहरु राेशन घिमिरे, सिद्धार्थ कडेल र विबेक शर्माले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

No description available.1

उनीहरूले यश घटना विरुद्ध सम्पूर्ण कानुनका विद्यार्थीहरु सडकमा उत्रिन तयार रहेको समेत बताएका छन्। दिप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण कार्यक्रममा उपस्थित कानुनका विद्यार्थीहरुले १० लाख होइन न्याय दे, गाेली होइन राेजगार दे, युवा मार्न पाइदैन, तातो गाेली चाहिदैन, दाेषिलाई कार्वाही गर लगायतका नाराहरु लगाएका थिए।

 

111

अन्य समाचारहरु