लायन्स क्लब अफ बुटवलद्धारा निःशुल्क सुगर परिक्षण तथा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न

बुटवल- लायन्स क्लब अफ बुटवल तिनाउले लायन्स क्लबका जन्मदाता मेल्भिन जोन्सको १४५औं जन्मदिनको अवसर पारेर निःशुल्क सुगर परिक्षण तथा सरसफाई सामाग्री वितरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । बुटवल–११, बुद्धनगर स्थित संयोग फार्मेसीमा सम्पन्न भएको निःशुल्क सुगर परिक्षण कार्यक्रमको संयोजकत्व लायन सम्झना पौडेलले गर्नुभएको थियोे ।

1

उक्त कार्यक्रममा २९६ जना व्यक्तिको निःशुल्क सुगर परिक्षण गरिएको थियो । यसैगरि आजै लायन सुदिप न्यौपानेको संयोजकत्वमा तिलोत्तमा–१५, कोटिहवा स्थित नेपाल अभिनाश अनाथ आश्रममा विभिन्न सरसफाई सामाग्रीहरु वितरण गरिएको छ । १९ जना अनाथ बालबालिकाहरु रहेको उक्त अनाथालयमा यसअघि पनि पौष १५ गते उक्त स्थानमा लायन गुञ्जन गाहाको संयोजकत्वमा खाना खुवाउने कार्यक्रम सम्पन्न भईसकेको थियो ।

आज सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि Region Chairperson  लायन विमला गैरेले  र विशिष्ट अतिथि Zone Chairperson लायन वेदप्रसाद गैरेले लायन्स क्लब अफ बुटवल तिनाउ सामाजिक कार्यमा सक्रिय भएर लागेको बताउनु भएको थियो । सामाजिक सेवाभावले कटिबद्ध यस लायन्स क्लब अफ बुटवल तिनाउका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस किसिमका कार्यक्रमहरु आयोजना गर्न उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।

1

यसैगरि मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा गरिने सप्ताहव्यापी कार्यक्रमको बारेमा क्लबका अध्यक्ष लायन अरुण खनालले प्रकाश पार्दै क्लबद्धारा गर्न सकिने कुनैपनि  सहयोगको लागि क्लब तत्पर रहेको कुरा जानकारी गराउनुभएको थियो ।

आगामी कार्यक्रममा पनि उल्लेखनिय रुपमा सहभागी हुन अनुरोध गर्दै अध्यक्ष खनालले उपस्थित सम्पूर्णमा विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

111

अन्य समाचारहरु