ढिकुरा बचत तथा ऋण सहकारी संस्था लि.को २० औँ साधारण सभा सम्पन्न ( तस्बिर सहित)

spot_img

सागर परियार, अर्घाखाँची ।

ढिकुरा ,भुमिकास्थान – ढिकुरा बचत तथा ऋण सहकारी संस्था लि.को २० औँ साधारण सभा सम्पन्न भएको छ ।

1

कार्यक्रमका प्रमुख अतिथि भुमिकास्थान नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खेमराज चुदालीले अर्घाखाँची जिल्लामा धेरै सहकारी रहे पनि यस ढिकुरा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो छुट्टै पहिचान बनाएको भन्दै त्यो पहिचानलाई कायम राख्नको लागी सुभकामना दिनु भएको थियो । संस्थाको हाल सम्मको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष गिरी प्रसाद पोख्रेल, आयब्यय लेखा समिति सदस्य मदन गैरे, ऋण तथा बचत सम्बन्धी नीति कोषाध्यक्ष मोती भट्टराई ले प्रस्तुत गर्नु भएको थियो ।

No description available.

कार्यक्रममा बन मन्त्रालयका पुर्व सह सचिव तथा सामाजिक ब्यक्तीत्व कृष्ण पोख्रेल,वडा सचिव तुल्सिराम पोखे्रल,महाभारत कृषक सहकारी संस्थाका अध्यक्ष दिपक खासु, सस्थाका लेखा संयोजक तारा प्रसाद घिमिरे, ढिकुरा साना किसान कृषि सहकारीका अध्यक्ष मिना मरासिनी भट्टराई, सारदा मा.विका शिक्षक नवराज अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

No description available.1

कार्यक्रम संस्थाका अध्यक्ष गिरी प्रसाद पोख्रेलको अध्यक्षता, उपाध्यक्ष दिपक चुदालीको स्वागत र सचिव गणेश पोख्रेलको संचालनमा सम्पन्न भएको हो । साथै कार्यक्रममा सात जना जेष्ठनागरिक दोसल्ला ओढाएरलाई सम्मान गरिएको थियो ।

No description available.

111