

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५४.५४ अंकले बढेर २,१७५.१७ को विन्दुमा कायम भएको छ । आज २०९ कम्पनीको सेयर मुल्य बढेको छ भने ३६ कम्पनीको सेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् ।


आज ३०४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, निफ्राको २३ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै , सोनापुर मिनरल्सः २८ करोड ३१ लाख रुपैयाँ,निफ्राः २३ करोड २६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड १३ लाख रुपैयाँ,हिमाल दोलखा हाइड्रोपावरः १७ करोड ६३ लाख रुपैयाँ,अपी पावरः १६ करोड ४६ लाख रुपैयाँ,अरुण काबेली पावरः १६ करोड २६ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः १५ करोड ८० लाख रुपैयाँ,शिवम सिमेन्टः १४ करोड ९७ लाख रुपैयाँ,रिलायबल नेपाल लाइफः १३ करोड ३१ लाख रुपैयाँ, ङादी ग्रुप पावरः १३ करोड ३० लाख रुपैयाको सर्वाधिक कारोबार भएको छ ।







