

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाको मिति सरेको छ ।


यसअघि जनवरी २० देखि परीक्षा हुने बताइएपनि अनलाइन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण परीक्षाको तालिका हेरफेर भएको हो । नयाँ परीक्षाको मिति फेब्रअरी पहिलो हप्ता जानकारी दिने ईपीएस कार्यालयले जनाएको छ ।

कोरिया जानका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन । उत्पादनमूलक क्षेत्रका लागि कोरियाले १५ हजार ८४८ जना कामदारको माग गरेको थियो ।







