मौसम : अबको ३ दिन धेरैजसो भूभागको मौसम बदली हुने, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

spot_img

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका भूभागमा हुस्सु र कुहिरो लागेको छ।

मौसम बदली भएसँगै चिसो बढ्यो « प्रशासन1

बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका बाँकी भूभागमा पनि आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

1

त्यसैगरी आज राति पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बिहीबार (भोलि) देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी शुक्रबार पनि देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। शुक्रबार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

 

images

111

 

images