ढाकावाङ्गको जनचेतना महिला सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न (तस्बिर सहित)

spot_img

-टेकराज भुसाल ,अर्घाखाँची। 

अर्घाखाँची । जनचेतना महिला कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

1

भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गाविस) मा कार्यक्षेत्र रहेको उक्त सहकारीले बुधबार पिपलनेटा बजारमा आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो।

No description available.

साधारणसभालाई भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष गाेपालप्रसाद खनालले उद्घाटन गर्नुभएको हो।

No description available.

साे अवसरमा बाेल्दै वडाध्यक्ष खनालले सहकारीको उन्नति र विकासका लागि सबै शेयर सदस्यहरुले अपनत्व लिदै जागरुक हुनुपर्ने भन्दै जनचेतना महिला सहकारीले सामाजिक क्षेत्रमा पनि राम्रो योगदान गरेकोमा प्रशंसा ब्यक्त गर्नुभयो ।

No description available.

images

सहकारी सञ्चालन गर्दा आर्थिक पारदर्शिता र सुशासन जरुरी रहेको बताउदै सहकारी संस्थालाई कृषि उत्पादनमा जाेड दिन आग्रह गर्दै कृषकलाई परेका समस्या समाधान गर्न र कृषकले उत्पादन गरेका कृषिजन्य सामाग्री पालिकाले खरिद गर्ने बताउनुभयाे।

No description available.1

images

पत्रकार टेकराज भुसालले नेपाल सरकारले अघि सारेको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी आर्थिक विकासको मुख्य मेरुदण्डका रुपमा रहेको बताउदै त्यहि अनुसार सहकारी संस्थाले अझ थप उत्पादन मुलक क्षेत्रमा लगानी गरी आत्मनिर्भर तर्फ अघि बढ्नेमा आशावादी रहेको बताउनुभयाे।

No description available.1

images

सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउदै पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएको उहाको भनाइ थियो ।

No description available.

भूमिकास्थान नगरपालिका २ नम्बर वडाका वडा सचिव प्रकाश नेपालीले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयाे।

No description available.

Nepal life insurance

कार्यपालिका सदस्य तिर्था बेल्वासे, वडा सदस्य गाेपाल नेपाली, नेकपा (माओवादी केन्द्र)का भूमिकास्थान नगरकमिटी उपाध्यक्ष बाबुराम खनाल, नेपाली काङ्ग्रेस प्रतिनिधि नुमानन्द खनाल, कृषि प्राविधिक हुमाकान्त बन्जाडे, सहकारीका पूर्व अध्यक्ष सिर्जना थापा, ढाकावाङ्ग प्रहरी चाैकी प्रमुख लक्ष्मण उपाध्ययले शुभकामना मन्त्वय राख्नुभएको थियो।

No description available.

अध्यक्ष खुमा भुसालले प्रगति प्रतिवेदन, व्यवस्थापक बसन्ता खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम मनिसा केसीकाे संचालन र देवा बन्जाडेकाे स्वागतमा सम्पन्न भएको थियो।

No description available.

सहकारीले नियमित बचत, बाल बचत, रेमिट्यान्स र सहकारी पसल संचालन गरेको छ।

थप तस्बिर : 

No description available.

No description available.

No description available.

No description available.

111