भूमिकास्थान : प्रचारप्रसारको अभावमा धार्मिक तथा ऐतिहासिक सात्तले सिद्धगुफा ओझेलमा

spot_img

-सुरज रायमाझी, अर्घाखाँची ।

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका प्राकृतिक सुन्दरता र रोमाञ्चक यात्रा गर्न मन पराउँनेहरूका लागि निकै आकर्षक र पहिलो रोजाइ हुन सक्छ । यो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले पनि अति महत्वपूर्ण छ ।

1

भूमिकास्थानको वडा नम्बर ९ चरेपानीमा रहेको सिद्ध गुफाले धेरैको मन लोभ्याउन सक्छ । तर, भौगोलिक विकटता र प्रचार–प्रसारको अभावमा यो धार्मिक र ऐतिहासिक गुफा ओझेलमा परेको छ । यो गुफा महाभारत पर्वत शृंखला मसिना लेकको काखमा अवस्थित छ । यस गुफा ऐतिहासिक र धार्मिक रूपमा महत्वपूर्ण रहेको स्थानियको भनाई रहेको छ ।

करिब सय मिटर भन्दा लामो गुफाको दोस्रो तल्लामागाईका थन बाट जल झरेर शिवलिंगमा अर्पण भएको देख्न सकिन्छ । गुफाको एउटा मुखबाट छिरेर अर्को मुखबाट निस्कदा एउटासिङ्गो डाँडो नै पार गरिन्छ ।गुफा संरक्षण समितिका अध्यक्ष नारायण पौडेलका अनुसार गुफाको भित्री भागमासात वटा तल्ला छन् । यस गुफालाई स्थानियले सात्तले गुफा पनि भन्ने गरेका छन् । गुफाभित्र हीराजस्तो चम्कने ढुंगाको शिवलिंग, हात्तीको सुँड, कलात्मक बजने मादल, सर्प, गोपी, बाग, खेतका गह्रालगायत फूलका आकर्षक आकृति पनि देख्न सकिन्छ ।

भगवान रामलाई रावण राजाले छलनका लागि लुक्दै जाने क्रममा उक्त गुफामा पुगेको र गुफाको एउटा मुखबाट पसेर अर्को मुखबाट निस्कदा एउटा डाँडोनै पार गरिने हुदा सोहि गुफाको माध्यमबाट छल गरेको किमदन्ती रहेको कथन स्थानीय सुनाउँछन् । भगवान रामले उक्त गुफाको माध्यमबाट एउटा डाँडोनै छिचोलेकाले त्यस ठाउँको नाम छिचल्ने रहेको स्थानीयवासी हुमकान्त पौडेलको भनाइ छ । गुफाभित्र तपस्यास्थल, केही मन्दिर र मूर्तिजस्ता आकृति पनि देख्न सकिन्छ । शिवलिंगमा निरन्तर गुफाको माथिल्लो भागबाट खस्ने जलधाराले उक्त क्षेत्रलाई मनमोहक बनाएको छ ।

गुफाको माथिल्लो तल्लामाजान फलामको सिढि बनाईएको छ । गुफाको दोस्रो तल्लामा गाईका थन बाट जल झरेर शिवलिंगमा अर्पण भई रहन्छ यस काराणविशेष महत्व छ । उक्त क्षेत्रलाई भगवान सिव लाई भेटन जाने र सिद्धि प्राप्त हुने विश्वास स्वरुप सिद्धि प्राप्त गर्ने बाटो अर्थात् सिद्धद्वार नामाकरण गरिएको छ । गुफाको शिरबाट उत्तरतर्फ हेर्दा आकर्षक हिमशृंखला देख्न सकिन्छ । गुफाको बाहिर खोला, सिरमा रहेको मन्दिर र गुफाको वरपरबाट देखिने खोला खर्कको मनमोहक दृश्यले सिद्ध गुफालाई प्रकृतिले थप आकर्षक बनाएको छ ।

1

गुफाको द्रोस्रो तल्लामा मादलजस्ता आकृति छन् । सेतो पदार्थले बनेका ती मादलजस्ता आकृतिलाई हातले बजाउँदा मादलको जस्तै आवाज निस्कन्छ, जुन यस गुफाको अर्को रोमाञ्चक र आकर्षक भाग हो ।गुफाभित्र प्रवेश गर्दैगर्दा बैशाख जेष्ठको प्रचण्ड गर्मीमा पनि चिसो हावाले जाडो हुने गर्दछ ।गुफाभित्र प्रवेश गरेपछि सिहको आकृति र केही देवीदेवताका मूर्तिका आकारसँगै गुफाको माथिल्लो भागको आकर्षक बनोट देख्न सकिन्छ । गुफाभित्र देखिएका विभिन्न स्वरूपका आकृतिलाई स्थानीयले लामो समयदेखि दैवीशक्तिको स्वरूप ठानी सिद्धको पूजाअर्चना गर्दै आएका छन् ।

अर्घाखाँची जिल्लाकै प्रसिद्ध धार्मिक स्थल सुपा देउराली बाट नजिकै रहेको यस गुफा सुपा देउराली मन्दिरबाट करिब ४ किलोमिटरको यात्रामा सजिलै संग पुग्न सकिन्छ । लुम्बिनी प्रदेशको गोरुसिङ्गे सन्धिखर्क रुट हुदै नरपानी, डेभा रुट प्रयोग गरेर उक्त गुफासम्म पुग्न सकिन्छ नरपानी देखि करिब ५किलोमिटरको यात्रा गरेपछियस गुफामा पुग्न सकिन्छ । यस्तै, सन्धिखर्क देखि गच्छे भालुवाङ सडक मार्ग हुदै सन्धिखर्क देखि करिब १२ किलोमिटरमा गुफासम्मको यात्रा गर्न सकिन्छ ।

1

यस्तै नरपानी, नुवाकोट, सोर्गद्वारी सडक खण्डमा पर्ने बाझापोखरा, सान्डेभा, सेङ्गलेन मार्गबाट करिब ३ किलोमिटर यात्रा गरेपछि यो गुफासम्म पुग्न सकिन्छ । मोटरेबल सडकबाट गुफा सम्म पुग्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका रोजगारहरु लाई काममा लगाई वडा कार्यालयले करिब दुई सय सिढि बनाएको वडा अध्यक्ष खेमराज चुदाँलीले बताए ।

पालिकाले धार्मिक र सांस्कृतिक रूपमा जोडिएको महाभारत पर्वत शृंखलामसिना लेक, सिद्धगुफा, मसिना लेकको टाबर, सेङ्गलेन दह, सेङ्गलेन होमस्ट्रे, छरछरे झरना समेतलाई जोडेर यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकेमा देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ । नगर प्रमुख झबिलाल थापाका अनुसार यस क्षेत्र पालिकाको र जिल्लाकै प्रमुख पर्यटकिय स्थल भएकाले यहाँ घुम्न आउने पर्यटकहरूको सहजताका लागि काम गरिरहेको र पुग्ने मार्गको स्तरोन्नति, पक्की सडक बनाउन, यस क्षेत्रको बिकास, प्रचार—प्रसार र संरक्षण गर्न संघ र प्रदेश सरकारसँगको सहकार्यमा काम भैरहेको बताए ।

1

नगरपालिकाले सिद्ध गुफाबाट मसिना लेक जोड्ने गरी डिपिआर तयार गरि काम गरेको छ । सिँढीमार्फत गुफाबाट मसिना लेक जोड्ने योजना बनाएको छ । पर्यटकका लागि बस्ने र खाने व्यवस्था गर्न संघ र प्रदेश सरकारसँगको सहकार्यमा स्थानीयवासीलाई पर्यटन व्यवसायमा जोड्न होमस्टे सञ्चालनका लागि पनि योजना बनाइरहेको नगर प्रमुख थापाले बताए । वडा अध्यक्ष खेमराज चुदाँलीले आफ्नो वडा भित्र पर्ने यस क्षेत्रको पर्यटन बिकासमा आफु लागि परेको र गुफामा चैते दशैमा बिशेष सराय मेला पनि लागने गरेको बताए ।

111