

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट भएको छ ।
सिरहा नगरपालिका- ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नगपालिका-११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ ।

पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो । छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए ।


घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







