भिजिट भिसामा जानेलाई सरकारको नयाँ निर्देशिका, १७ बुँदे खारेज

spot_img

काठमाडौँ सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई खुकुलो बनाएको छ । भिजिट भिसामा विभिन्न मुलुक जान चाहनेका लागि सरकारले ६ बुँदे नयाँ निर्देशिका जारी गरेको छ ।

वैदेशिक रोजगारीमा जानेलाई लागू भयो यस्तो नयाँ नियम, स्वघोषणामा यी कुरा  अनिवार्य भर्नुपर्ने « Bagmati Online

निर्देशिकामा राहदानीको समयावधि छ महिनाको हुनुपर्ने छ । हवाई मार्गको दुईतर्फी टिकट हुनुपर्नेछ । होटलमा बस्ने बुकिङ गरेको प्रमाण वा नातेदारकोमा जाने नाता सम्बन्ध खुल्ने आवश्यक कागजात हुनुपर्नेछ उल्लेख छ ।

 

न्यूनतमा पाँच सय डलर हुनुपर्नेछ । भिजिट भिसामा गएर फर्कनेछु भनेर स्वघोषणा पत्र पनि भिजिट भिसामा जानेले देखाउनुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख गोगन बहादुर हमालले जानकारी दिए । नयाँ निर्देशिका भोलिबाट कार्यान्वयनमा आउने हमालले जानकारी दिए ।

नयाँ निर्देशिकाले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने उनले विश्वास व्यक्त गरे । ‘चार महिनादेखि पुरानो १७ बुँदे निर्देशिका खारेज हुनुपर्छ भनेर लागिरहेको थिए,’ उनले भने,’ मन्त्रालयबाट स्वीकृति भइसकेको छ ।’

यसअघिको भिजिट भिसासम्बन्धी १७ बुँदे निर्देशिका अव्यवहारिक भएको भनेर चौतर्फी आलोचना भएको थियो । इकागजले उल्लेख गरेको छ ।