वर पिपल र पानीका मुहान जोगाउन अर्घाखाँचीमा बाँस हटाउने अभियान शुरु

spot_img

-प्रेमनारायण आचार्य,अर्घाखाँची।

अर्घाखाँची– पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरू मासिँदै जान थालेपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ ले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।

पानीका मुहान जोगाउन बाँस हटाउने अभियान – Sansar News

वडाध्यक्ष प्रेमनारायण बेल्बासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने सार्वजनिक सूचना जारी गरेको हो ।

Peepal Tree" Images – Browse 4,779 Stock Photos, Vectors, and Video | Adobe  Stock

बाँसले ऐतिहासिक महत्त्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले सार्वजनिक सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान सुक्ने, सुक्खायाममा आगलागीको जोखिम हुने भएकाले वडाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरेको हो । निजी जग्गामा लगाएका बाँसले आँप, पिपल र वरजस्ता रुखलाई असर गरेको र पानीको मूलमा भए तत्काल हटाउन सूचनामा भएिको छ ।

Peepal Tree. People believe that Lord Vishnu and… | by Vinay Grover | Medium

वर र पिपललाई चाहिने पानी र घाम बाँसले लिँदा वर–पिपल भोको रहने अनि बिस्तारै मर्दै जाने भएकोले बास हटाउने अभियान प्राकृतिक संरक्षणका लागि राम्रो रहेको सामाजिक अगुवा प्रकाश बेल्बासेले बताउनुभयो ।

वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बाँस र पानीको मुहान असर गर्ने गरी लगाइएको बाँस हटाउन वडा कार्यालयले सूचना जारी गरेको हो ।- रासस