नेकपा माओवादी केन्द्र भुमिकास्थान नगरपालिकाले मनायो २९ आै जनयुद्ध दिवस (तस्बिर सहित)

spot_img

-अनिल नेपाली ,अर्घाखाँची । 

भुमिकास्थान- नेकपा माओवादी केन्द्र भुमिकास्थान नगरपालिकाले २९ आै जनयुद्धको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका प्रदेश सचिवालय सदस्य तथा नगर ईन्चार्ज ठाकुर साैराग आदर्शकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।


कार्यक्रममा मन्तब्य राख्दै साैरागले २०५२ साल फागुन १ गते जुन नारा र मुद्दा सहित बन्दुक बाेकेर सशस्त्र युद्धको सुरुवात गर्याे शान्ति प्रत्रिया पछि नेता कार्यकर्तामा गाउँ देखि केन्द्रसम्म देखिएकाे महत्वकाक्षाले समाजबाद यात्रा तय गर्न असजिलो भएकोले परिवर्तनको एजेन्डा माओवादी उठाउने तर परिवर्तन माओवादी ल्याउने तर माओवादी लाई तथानाम गालि माओवादी जनतामा निरास बनाएर परिवर्तन उल्टाउन बिदेशी शत्ति लागि परेको बताउदै माओवादी एक हुनुपर्ने बताए।

कार्यक्रममा प्रदेश सल्लाहकार तथा नगर उप प्रमख बालकृष्ण बन्जाडे सल्लाहकार शालिकराम खनाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियोे।

कार्यक्रममा भुमिकास्थान नगरपालिका उपाध्यक्ष बाबुराम खनाल ,खेलकुद विकास समितिका काेषाध्यक्ष प्रेम आले लगायतको आतिथ्यता रहेको थियोे कार्यक्रममा नगर उपाध्यक्ष सुन्दर शाहकाे अध्यक्षता सहसचिव कुलराज बन्जाडेकाे सञ्चालनमा सम्पन्न भएको थियो।