दाङमा गोलि चल्यो : ड्यूटीमा खटिएकी महिला प्रहरीलाइ आफ्नै श्रीमानले गरे गाेली हानी हत्या

spot_img

दाङ  । दाङमा गोली चलेको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी धनमायाँ थापा गोली लागेर गम्भिर घाईते भएकी उनलाई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगीएको थियो र अहिले उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहरी हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 

उनकै श्रीमानले गाेली हानेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । घटना करिब साढे ७ बजे भएकाे हाे ।

गाेली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । झाँक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेकाे प्रहरीले बताएकाे छ ।

 

 

अन्य समाचारहरु