

भारतीय किसान यूनियनले आज चक्का जामको आव्हान गरेका छन् । युनियनका राष्ट्रिय प्रवक्ता राकेश टिकैतले संयुक्त किसान मोर्चाको आज ग्रामीण भारत बंदको आह्वान गरेको जानकारी दिएका छन् ।


आज कुनैपनि किसानले खेतमा काम नगरि प्रदर्शनमा उत्रने भएका छन् । साथै एमएसपीको ग्यारेन्टीको कानुनलाई लिएर दिल्ली र हरियाणा बोर्डरमा उनीहरुले प्रदर्शन गर्ने बताइएको छ ।

सरकारले सजिलै आफ्ना मागहरुको सम्बोधन नगर्ने देखिएपछि देशभरका किसान एकजुट भएर आन्दोलन सुरु गरेको युनियनले जनाएको छ ।
केही दिनदेखि भारतमा विभिन्न माग राखेर किसान आन्दोलनमा उत्रिएका हुन् ।- टाइम्स अफ् इन्डिया







