सितापाईलामा तीन जनाको हत्या

spot_img

काठमाडौं । काठमाडौको सितापाईलामा तीन जनाको हत्या भएको छ ।

सोलुखुम्बुका राजु विश्वकर्माले श्रीमती, एक छोरी एक नातिनीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमती, छोरी र नातिनीको हत्यापछि उनी पनि घर नजिकै सितापाईलाको जंगलमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

श्रीमती ३९ वर्षिय प्रेमकुमारी श्रेष्ठ, छोरी ८ बर्षिय अनिषा श्रेष्ठ र नातिनी साढे दुई बर्षकी शिवाना श्रेष्ठको हत्या गरेपछि बिश्वकर्माले पनि आत्म हत्या गरेको प्रारम्भिक अनुसंधानले देखाएको छ । तीन जनाको हत्या गरेपछि बिश्वकर्माले उन्का ससुरा इन्द्रजीत श्रेष्ठलाई फोन गरेर हत्या गरेको जानकारी दिएका थिए ।

तस्बिर : प्रेमकुमारी श्रेष्ठ र राजु विश्वकर्मा

प्रहरीका अनुसार तीनजना घरको कोठाभित्र मृत फेला परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गर्दा बिश्वकर्मा पनि झुण्डिएको अवस्थमा फेला परेका जानकारी दिनुभयो ।

विश्कर्माको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।