शालिन मृत्यु प्रकरण : पोष्टमार्टमको रिपोर्टप्रति परिवारकाे आपत्ति

spot_img

काठमाडौँ- शालिन पोखरेलको परिवारले छोरीको पोष्टमार्टमको रिपोर्टप्रति आपत्ति जनाएकाे छ । अघिल्लो शनिबार चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतको होस्टेलमा झुन्डिएकाे अवस्थामा मृत भेटिएकी १४ वर्षीया शालिनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार पोष्टमार्टम भएको थियो ।

आइतबार सार्वजनिक पोष्टमार्टको रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ उल्लेख गरिएको छ । त्याे भनेकाे मृत्युकाे कारण बलात्कार हाेइन भन्नु हाे । शालिनको परिवारले पोष्टमार्टमा रिपोर्ट अहिलेसम्म नपाएको बताएको छ । ‘म अहिले अस्पतालमा नै छु, अहिलेसम्म हामीले रिपोर्ट पाएका छैनौँ,’ शालिनका बुबा दीपेन्द्र पाेखरेल (ललित) ले टेलिफाेन कुराकानीमा भने ।

उनले मिडियामा सार्वजनिक भएको पोष्टमार्टम रिपोर्ट आफूलाई स्वीकार्य नभएको बताए । उनले यौनाङ्गमा घाउ भएको अवस्थामा मृत भेटिएकी छोरी बलात्कृत भएकी होइनन् भनेर पत्याउनै नसकिने उल्लेख गरे । – एनपी