ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजकाे आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

spot_img

-टेकराज भुसाल।

बुटवल । अर्घाखाँची ढाकावाङ्ग- रुपन्देही सम्पर्क समाजकाे आयोजनामा सैनामैनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

ढाकावाङ्ग- रुपन्देही सम्पर्क समाजका सल्लाहकार तुल्सिराम खनालकी कान्छी बुहारी स्व. रुपा घिमिरे (खनाल)काे नवौं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको भएको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद खनाल, सल्लाहकार कमलप्रसाद खनाल र सह-सचिव टेकराज भुसालले शोक मन्तव्य राख्दै संस्थालाई अतुलनीय क्षति पुगेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञानप्रसाद खनाल, कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु र शुभ-चिन्तकहरुकाे उपस्थिति रहेको थियो। स्वर्गीय खनालको ३० वर्षको उमेरमा फागुन १८ गते आफ्नै निवास सैनामैना सराैलीमा निधन भएको हो।