१५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

spot_img

काठमाडौँ- १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौँबाट पक्राउ गरेको हो ।

एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छिन् । गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन् ।

१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, आरोपित चारै जना फरार :: सुजीतकुमार  झा :: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना

बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक-पटक बलात्कार गरेको पीडितको उजुरी छ । अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन् । जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख छ ।

तीनै बालिकामाथि गत २१ माघमा मूलपानीस्थित लभ टू लभ होटेल एन्ड लजमा सामूहिक बलात्कार गरेको अभियोगमा अर्काे मुद्दा दायर भएको छ । जसमा दार्चुलाका शुभराज पन्त र बाजुराका चेतराज दानी प्रतिवादी छन् । प्रहरी वृत्त बौद्धले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै, २५ माघमा भण्डारखालनजिकै पनि बालिकामाथि पटक-पटक बलात्कार भएकोमा अर्को मुद्दा दायर भएको छ । जसमा रुकुम पश्चिमका खड्कप्रसाद गिरी पक्राउ परेका छन् । यो घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।

बिहीबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश किशोर घिमिरेको इजलासले ६ जनालाई नै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

-न्युजकारखाना