

-राज मल्ल / कुवेत
कुवेतमा सडक दुर्घटनामा परि तिन जना नेपाली नागरिकको मृत्यु भएको छ । हिजो मार्च १२ का दिन बिहान ५ बजे तिर महाबुल्ला एरियाको सिसाईड रोडमा उक्त घटना भएको थियो । मूत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून -२ काठमाण्डौंका सुजन कार्की , लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कडायत र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन । मृतकहरु कुवेतको पापाजोन कम्पनिमा कार्यरत थिए ।


हवालिमा बस्दै आएका सुजन र धिरज सोमवार राति महाबुल्ला बस्ने साथि सुरतलाई भेट्न गएको र हिजो बिहान डिउटीको लागि रुम फर्कने क्रममा बस चढाउन आएका सुरत सहित तिनै जनालाई स्थानिय नागरिकको गाडिले ठक्कर दिदा घटना स्थलमै निधन भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटलमा राखिएको छ ।

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमका अनुसार ‘घटनाको सुचना पाए लगतै आवश्यक प्रकृया अगाडी बढाई परिवार तथा कम्पनि सग सम्पर्कमा रहेको र शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागी पहल गर्ने जनाएका छन । कुवेतमा यात्रा गर्दा पूर्ण ट्राफिक नियमको पालन गर्नुहुन सबैमा अनुरोध गर्दछौ ।









