मनि ट्रान्सफरका सञ्चालक साहमाथि गोली प्रहार

spot_img

काठमाडौँ । रौतहटमा गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्लाको परोहा नगरपालिका–९ का २६ वर्षीय नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।

शिव मनि ट्रान्सफरका सञ्चालक साहमाथि मोटरसाइकलमा आएका ३ जना भारतीयले गोली प्रहार गरेका हुन् । मनी ट्रान्सफर अफिसमा बसिरहेका साहमाथि गोली प्रहार भएको हो ।

गोली लागी घाइते साहलाई उपचारको लागि वीरगञ्ज लगिएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ गरिएको छ ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनालाई गोली प्रहार गरेर भाग्नै लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली समेत बरामद गरेको छ ।- एनपि