भुमिकास्थान नगरपालिकाको दोस्रो चौमासिक समिक्षा सम्पन्न , बैशाख भित्र योजना सक्ने : नगर प्रमुख थापा

spot_img

-हृदय भुसाल

अर्घाखाँची । भुमिकास्थान नगरपालिकाको आर्थिक बर्ष २०८०।०८१ मा संचालित योजना तथा कार्यक्रमहरुको दोस्रो चौमासिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।समिक्षा कार्यक्रममा नगरस्थीत बिषयगत शाखा प्रमुख तथा १० वटै वडा सचिबहरुले चौमासिक रुपमा साथै ८ महिनामा संचालन भएका योजना आयोजना,कार्यक्रम तथा भौतिक र आर्थिक प्रगती प्रस्तुत गरेको थिए ।

समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख झबिलाल थापाले यस आर्थिक बर्षको सवै योजना आयोजना तथा कार्यक्रमहरु हरु बैशाख मसान्त भित्र सम्पन्न गर्ने गरि नगरको सवै टिम लाग्नु पर्ने बताए । सवैको साथ सहयोगमा जनताले अनुभुती गर्ने गरि र सबैले देखिने गरि बिकासका कामलाई सवैलै एउटै गतिका साथ अगाडी बढाउनु पर्ने प्रमुख थापाले बताए ।

प्रमुख थापाले भने,‘केही समय प्रमुख प्रशासकियको सरुवाको समस्याले गर्दा सोँचे जती नतिजा हाशिल गर्न सकेनौँ,कर्मचारीहरुले शनिवार पनि नभनी काममा लाग्नु भएको छ,यसरी नै सवै पक्ष काममा लागौँ,जनअपेक्षा धेरै छ,स्रोत साधन सिमित छ,तरपनि केही उदारणिय काम गरेका छौँ,योजना आयोजनालाई ब्यवस्थित तरबले अगाडी बढाउने गरि थप योजनाका साथ आगाडी बढ्न प्रतिबद्ध छौँ,सबै कामको समग्र समिक्षा सहित आगामी कार्ययोजना सहित अगाडी बढ्नुपर्ने बेला आएको छ’ ।

नगरको दिगो बिकास र समृद्धिका लागी कर्मशिल कार्यक्रम सहित बिभिन्न कार्यक्रमहरुका साथ नगरपालिका अगाडी बढेको भन्दै सवै नगरवासीको भावनालार्ई केन्द« भागमा राखेर काम गर्ने भन्दै प्रमुख थापाले सबै सरोकारवाला पक्ष एक भयर लाग्नुपर्ने बताए ।

नगर उपप्रमुख बालकृष्ण बन्जाडेले समिक्षामा आएको सवै सुझालाई ग्रहण गरि जनताको माग र आबश्यकताको आधारमा बिकास निमार्णको कामलाई अगाडी बढाउनुपर्ने भन्दै सबै पक्ष तथा जनताको सहभागीता बाटै सबै काम अगाडी वढाउने बताए ।

चौमासिक प्रगती समिक्षा कार्यक्रम उठेका सवालको जबाफ दिदै प्रमुख प्रशासकिय खिमानन्द आचार्यले नगरपालिकाले प्रवाह गर्ने सेवा सरल,सहज,छिटो,छरितो र चुस्त दुस्त बनाउन पालिकाको सवै टिमनै प्रतिबद्ध रहेको बताए ।

प्रमुख प्रशाकिय अधिकृत आचार्यले भने,‘जनताको सेवा प्रवाहका लागी जतिबेला जुनसुकै समयमा पनि काम गर्न हामीहरु प्रतिबद्ध छौँ, अब सवै नगरको शतप्रतिशत योजना आयोजनाको काम सम्पन्न काममा लागौँ,सुशासन र सामाजिक जवाफदेहिताका औजारहरुलाई सवै कार्यालयहरुमा थप प्रभावकारी बनाउन थप योजना बनाउ  छौँ,सेवाग्राहीमैत्री सुशासनमैत्री नगरपालिका बनाउन सवै हातेमालो गरि अगाडी बढौँ,हामी जहाँ छौ त्यही बाट समिक्षा गरेर अगाडी बढौँ,भएको कामको मात्र सत्य,तथ्य यर्थात प्रगती पेश गर्नुपर्ने हुन्छ, गलत डाटाले सहि ठाउँमा पुग्न सकिदैन्,नगरको बिकासको लागी सबै पक्ष खिचातानी नगरी आगाडी बढ्नुको बिकल्प छैन’् ।

नगरपालिकाको भौतिक प्रगती ५५ प्रतिशत र बितिय प्रगती ३५ प्रतिशत भएको योजना शाखाका प्रमुख हरिशचन्द भुसालले जानकारी दिए । भुसालका अनुसार गत बर्ष भन्दा यस बर्ष लक्ष्य अनुसारको राजस्व समेत बृद्धि भएको बताए ।

प्रगती समिक्षा कार्यक्रममा सम्पुर्ण राजनैतिक दलहरुको तर्फवाट नेकपा माओवादी केन्द«का नगर अध्यक्ष नरेन्द«मान मुखिया,सवै वडा अध्यक्षहरुको तर्फबाट वाड न २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा,पत्रकार महासंघका जिल्ला सहसचिब हृदय भुसाल,पत्रकार महासंघका जिल्ला सदस्य गोपाल भट्टराई लगायतले चौमाशिक समिक्षामा मनतब्य ब्यक्त गरेका थिए ।

समिक्षा कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी,कर्मचारी पत्रकार अन्य बिभिन्न क्षेत्रका प्रतिनिधीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रम नगरप्रमुख झबिलाल थापाको अध्यक्षता,हरिशचन्द भुसालको स्वागत मनतब्य र शेषकान्त घिमिरे ओशन को संचालनमा सम्पन्न भएको थियो ।