भुमिकास्थान चुनढुङ्गा प्रकरण :  खानी गिरोहले नगरका कागजात किर्ते गरेको आरोप , किर्ते हस्ताक्षर ,कागजात तयार गर्ने विजया सिमेन्ट बिरुद्द चुनढुङ्गा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरि कानुनी कार्वाहीमा जाने – नगर प्रमुख थापा (पुर्ण बिबरण र तस्बिर सहित )

किर्ते हस्ताक्षर र कागजात तयार गर्ने विजया सिमेन्टले प्राप्त गरेको चुनढुङ्गा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरि कानुनी कार्वाहीमा जाने – नगर प्रमुख थापा

spot_img

-केशबराज ज्ञवाली , अर्घाखाँची डटकम।

भुमिकास्थान -९ मा गर्ने भनिएको चुनढुङ्गा उत्खनन् कार्यमा भुमिकास्थान नगरपालिकाको कागजात खानी गिरोहले किर्ते गरेको नगरपालिका प्रमुख झबिलाल थापाले बताएका छन ।

No description available.

नगरपालिकाले कार्यपालिकाबाट उक्त स्थानमा उत्खनन् गर्न नदिने भनी २०७९ ५-१७ को कार्यपालिकाबाट निर्णय गराएको र खानी बिभागको अर्को पत्रको जवाफमा ०७९- ६ -१४ गतेको पत्रमा खानि संचालन गर्न नदिने निर्णयनै यथावत रहेको पत्र पठाएको हो ।

भुमिकास्थान नगरपालिकाको पत्रमा २०८०-०८-०५ गतेको मितिमा चलानी नम्बर ५८५ उल्लेख गरि गरिएको सिफारिश पत्रमा खानि तथा भुगर्भ बिभागलाइ अनुमती सहित सिफारिश दिएको पत्र आए पछि सिङ्गो नगर बिवादमा आएको हो । नगरपालिकाले उक्त पत्र किर्ते भएको भन्दै खानी अनुमती बदर गर्न खानी बिभागलाइ पत्राचार गरेको छ ।

यद्यपि अर्घाखाँची डटकमको टोलि नगरपालिका पुगि चलानी पुस्तिका हेर्दा सोही मितिको सोही चलानी नम्बरमा संघीय खानेपानी आयोजना अर्घाखाँचीलाई पाइप माग सम्बन्धी सिफारिश पठाएको देखिएको छ ।

यी कागजातहरु हेर्दा पत्रमा भएको बिवरण र चलानी पुस्तिकाको विवरण मेल खाएको छैन । यसरी हेर्दा खानी संचालनका लागि सिङ्गो स्थानिय सरकारको कागजात नै किर्ते गरि गिरोहहरुले खानी संचालन गर्न प्रयास जारी गरेको देखिन्छ ।

नगरपालिकाले उक्त क्षेत्र वरपर पर्यटकिय स्थलको रुपमा बिकास गर्ने भन्दै बिभिन्न्न योजनाहरु ल्याएको छ । यद्यपि बिजया सिमेन्ट प्रालिले बिगतका दिनमा गरेको प्रारम्भिक वातावरणिय प्रभाव मुल्यांकन कार्यक्रम सुरु गरिएको जानकारी प्राप्त भएको भन्दै उत्खनन् बाट पर्न सक्ने असर न्यूनीकरण गर्दै खानी संचालन गर्न दिने सिफारिसमा उल्लेख गरिएको पत्र किर्ते भएको नगरप्रमुख थापाको आरोप छ ।

उक्त क्षेत्रमा खानी संचालन गर्दा भुमिकास्थानका ढिकुरा , नुवाकोट , खिल्जी , असुरकोटमा संचालित खानेपानी योजनाहरु क्षयिकरण हुने बिज्ञहरु बताउछन । उक्त क्षेत्रका बासिन्दाहरु पिउने पानीको लागि सान्डेवा र चरेपानी क्षेत्रमा निर्भर रहेको हुदा खानी संचालन भएमा खिल्जी , असुर्कोट , नुवाकोट र ढिकुरा लगायतका स्थानमा पिउने पानीको हाहाकार हुने देखिन्छ ।

बिजया सिमेन्ट प्रालिले गरेको उत्खनन् प्रस्तावमा पहिले सहमती नदिएको नगरपालिकाले सहमती नदिनुका कारण के हुन ? भनी पुन गरेको पत्राचारमा जवाफ दिदै अनुमती प्रदान गरेको पत्र बाहिरिए पछि नगरप्रमुख झबिलाल थापा बिवादमा आएका छन ।  प्रमुख थापाले उक्त पत्र नक्कली भएको अभिब्यक्ती दिदै किर्ते गरिएकोमा न्याय खोज्न जाने बताएका छन ।

यद्यपि भुमिकास्थान -९ का वार्ड अध्यक्ष खेमराज चुदालिले कार्यपालिका बैठकको निर्णय बिरुद्द खानी संचालनका लागि वार्डका तर्फबाट अनुमती प्रदान गरेका छन ।

खानी संचालनका लागि बिभिन्न समयमा र मितिमा प्रयोग कागज पत्र : 

 आजको पत्रकार सम्मेलनमा मेयर थापाले यस्तो भने:

किर्ते हस्ताक्षर गरेर पालिकामाथि नै प्रहार भयो:  नगरप्रमुख थापा

-टेकराज भुसाल, अर्घाखाँची ।

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले केही अनाधिकृत संस्था वा व्यक्तिले किर्ते हस्ताक्षर गरेर नगरपालिका माथि नै प्रहार गरेको बताएका छन्।

No description available.

वार्ड नम्बर ९ ढिकुराकाे सानोडेभाको चुनढुङ्गा खानीका सन्दर्भमा भूमिकास्थानले चुनढुङ्गा उत्खननका लागि विजया सिमेन्टलाई सिफारिस पत्र उपलब्ध गराएको भनी नगरपालिकाबाट जारी भएको भनी नगरप्रमुख झविलाल थापाको किर्ते हस्ताक्षर र कागजात तयार गरि सामाजिक संजालमा गलत प्रचारप्रसार भएको विषयलाई लिएर नगरपालिकाले आयोजना पत्रकार सम्मेलनमा बाेल्दै नगरप्रमुख थापाले साे कुरा बताएका हुन।

No description available.

नगरप्रमुख थापाले उक्त स्थानमा चुनढुङ्गाको  उत्खनन गर्नै  नहुने भनी कार्यपालिका बैठकले निर्णय गर्दा पनि उत्खनन हुने स्थान सम्मको लागि बाटो खन्ने कार्य गर्नु कानुन र नितिलाइ नटेरेको ठहरिने भन्दै उहाले आफू कुनै पनि हालतमा उत्खनन गर्न दिने पक्षमा नभएको बताउनु भयो ।

No description available.

किर्ते हस्ताक्षर र कागजात तयार गरि सरकारी कागजातकाे दुरुपयोग गर्ने सम्बन्धित व्यक्ति वा संस्थालाई कानुनी कार्वाहीकाे दायरामा ल्याइ कार्वाही गर्ने र किर्ते सिफारिस

No description available.

मार्फत विजया सिमेन्टले प्राप्त गरेको चुनढुङ्गा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरि भूमिकास्थान नगरपालिकालाई जानकारी उपलब्ध गराउन भनी खानी तथा भुगर्भ विभागलाई पत्रचार समेत गरेको नगरप्रमुख थापाले बताए।