भुमिकास्थान -९ चुनढुङ्गा प्रकरण : वार्ड अध्यक्ष चुंदालिले कार्यपालिकाको निर्णय बिपरित सिफारिस दिएको खुलाशा

spot_img

अर्घाखाँची डटकम , भुमिकास्थान

भुमिकास्थान -९ मा गर्ने भनिएको चुनढुङ्गा उत्खनन् कार्यमा भुमिकास्थान नगरपालिकाको कागजात खानी गिरोहले किर्ते गरेको नगरपालिका प्रमुख झबिलाल थापाले बताएका बेला वार्ड नं ९ का वार्ड अध्यक्ष खेमराज चुंदालिले भने नगर कार्यपालिकाको निर्णय बिपरित खानी संचालनको लागि वार्डका तर्फबाट गरेको सिफारिश बाहिरिएको छ ।

May be an image of temple and text

भुमिकास्थान नगरकार्यपालिकाले २०७९ -५-१७ गते गरेको निर्णय बिपरित अध्यक्ष चुदालिले २०७९-०९-०८ गते खानी संचालन गर्न स्वीकृति दिदै सिफारिश गरेका छन । कार्यपालिकाको बैठकमा कुनै हालतमा खानी संचालन गर्न नहुने निर्णयमा हस्ताक्षर गरेका चुदाली वार्डको तर्फबाट भने स्वीकृतिको सिफारिश गरेर आफ्नै निर्णयको बिपरित गएका हुन ।

भुमिकास्थानका नगरप्रमुखले नगरपालिकाको कागजात र आफ्नो हस्ताक्षर किर्ते भएको भनी पत्रकार सम्मेलन गरेर न्यायिक प्रकृयामा जाने बताइ रहेको बेला वार्ड अध्यक्ष चुदालिले आफुले हस्ताक्षर गरि सिफारिश दिएको घुमाउरो पारामा स्विकारेका हुन । सिङ्गो नगरपालिका खानी संचालनको बिरुद्द उभिएको बेला के -कसको कति प्रभावमा परेर सिफारिश गरेका हुन त्यो भने अध्यक्ष चुदालिले खुलाएनन ।

नगर कार्यपालिकाको निर्णय उल्लेख गरी खानि बिभागमा पठाएको पत्र: 

May be an image of text

नगरपालिकाको लेटरप्याड छाप लोगो चोरी भएको नगर प्रमुखले बताइरहेका बेला वार्ड अध्यक्ष चुदालिले आफुले सिफारिश गरेको स्विकारेपछी यो प्रकरण झनै पेचिलो बन्दै गएको छ ।

कार्यपालिकाको एउटा सदस्यले कार्यपालिकाको निर्णय बिपरित सिफारिश गरेको अवस्थामा अब नगरले के गर्छ ? भनी नगरप्रमुख थापालाइ सोधपुछ गर्दा आफुहरु सल्लाहको क्रममा रहेको , पहिला आफ्नो किर्ते हस्ताक्षरको लागि प्रक्रियामा जाने र यो बिशयमा आवस्यक कदम चाल्ने बताए ।

किर्ते हस्ताक्षर र कागजात दुरुपयोग भनिएको पत्र: 

May be an image of ticket stub and text

उत्खनन गर्ने भनिएको स्थानमा भुमिकास्थानका अधिकांश खानेपानी योजनाका मुहान रहेको , त्यहाको पर्यावरणमा गम्भीर असर पुग्ने , त्यस क्षेत्रमा पर्यटकिय स्थलको योजना रहेको भन्दै खानी संचालनको अनुमती नदिएको नगरपालिकाले उत्खनन् कर्ताको लाइसेन्स खारेज गरुदिन खानी बिभागलाइ पत्राचार समेत जारी गरेको छ ।