अर्घाखाँची: यस बर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ को सम्पुर्ण तयारी पुरा ,अर्घाखाँचीबाट २ हजार ९ सय ७२ जना  बिधार्थीहरु सहभागी हुदै (बिवरण सहित )

spot_img

-हृदय भुसाल ,अर्घाखाँची।

अर्घाखाँची- आगामी चैत्र १५ गते देखी संचालन हुन लागेको यस बर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ को सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा बिकास समन्वय एकाई प्रमुख मनिराम पराजुलीले बताए । बिहीबार जिल्लामा संचालन हुने १७ वटा केन्द्रका केन्द्राअध्यक्ष हरु संघ को अभिमुखिकरण कार्यक्रममा बोल्दै एकाई प्रमुख पराजुलीले यस्तो बताएका हुन् ।

यस बर्ष अर्घाखाँची जिल्ला ७७ वटा सामुदायिक बिधालय ६ वटा संस्थागत बिधायलय र १ खुल्ला बिधालय गरि ८४ वटा बिधालयका बिधार्थीहरु परिक्षामा सहभागी हुन लागेका छन् ।

परिक्षामा नियमित तर्फ छात्रा १ हजार ५ सय ४८ छात्र १ हजार ३ सय ७० गरि जम्मा २ हजार ९ सय १८ जना ग्रेड वृद्धि तर्फ छात्र २७ छात्रा २७ गरि जम्मा ५४ नियमित र ग्रेडवृद्धि गरि जम्मा २ हजार ९ सय ७२ जना जना बिधार्थीहरु सहभागी हुने छन् ।

परिक्षामा जिल्लाभरबाट ३ जना बिधार्थी उक्त परिक्षामा सहभागी हुन अयोग्य भएका छन् । जनजागृती माबि सिद्धाराका २ जना र लापे माबि लापेका १ जना बिधार्थीहरु ७५ प्रतिशत हाजिरी नभएका कारण परिक्षा दिन बाट अयोग्य भएको एकाई कार्यालयले जनाएको छ ।

सोही बिधार्थी संख्या मध्ये प्राबिधिक धारका शान्ती माध्यमिक बिधालय बाँगीका १८ जना कम्प्युटर ईन्जिनियरिङ्ग,बिरेन्द्र माबि मरेङ्गका २१ जना ईलेक्ट्रिकल इन्जिनियरिङ्ग,हरिहर मावि पोखराथोकका १६ जना बाली बिज्ञान,सरस्वती माबि भगवतीका १६जना सिभिल ईन्जिनियरिङ्ग,जनताकृष्ण माबि किमडाँडाका २४ जना बाली बिज्ञानका जम्मा छात्र ४४ छात्रा ६१ गरि कुल १ सय ५ जना बिधार्थीहरु समेत परिक्षामा सहभागी हुने जिल्ला शिक्षा बिकास समन्वय एकाई अर्घाखाँचीले जनाएको छ ।

जिल्लाका १७ केन्द्र र सोही बमोजिमका १७ जना केन्दाअध्यक्षहरु तोकिएको छ । जसअनुसार ज्योती मावि ठाडा शंकर अर्याल,सरस्वती मावि सीतापुर खुमप्रसाद बेल्वासे,युवाबर्ष रबिचित्र माबि सन्धिखर्क टेकराज आचार्य,सिद्धार्थ माबि हंसपुर राम बहादुर खड्का,कालिका नेरा माबि खन,भुवन प्रसाद खनाल, बिश्व मावि ढाकावाङ्ग गोपाल प्रसाद आचार्य,जनप्रिय माबि असुरकोट पुर्ण प्रसाद श्रेष्ठ,आदर्श माबि खनदह,भेषराज खनाल,महेन्द्र बिधावोध माबि बल्कोट दिनानाथ पराजुली,शिवमदन

माबि,अड्गुरी राजेन्द्र ,कमला माबि पाली गोबिन्दराज पन्थी,हरिहर मावि पोखराथोक बिष्णु प्रसाद पोख्रेल,सरस्वती माबि सुर्यथुम महेन्द्र श्रेष्ठ,जनज्योती माबि चुत्रावेसी माधवप्रसाद आचार्य,भगवती माबि शङ्खेटारी ध्रुबहादुर खत्री,अर्घाखाँची आवासिय मावि सन्धिखर्क,चोपनारायण बन्जाडे,गौरा मावि रजिया ठाडा कृष्ण प्रसाद शर्मा लाई केन्द्राध्यक्षको जिम्मेवारी तोकी अभिमुखिकरण गराईएको छ ।

अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले कहिले काहि सिप र बिवेक हुदाँ हुदै पनि कमजोरी हुने हुदाँ सवै केन्दाअध्यक्षहरु सजक र सत्रक हुनेपर्ने बताए ।

प्रजिअ ढकालले भने,‘प्रत्येक दिन परिक्षा संचालन भई उत्तरपुस्तिका प्रहरी चौकीमा गई रुजु नहुदाँ सम्मको सम्पुर्ण कामको जिम्मेवारी गहनपुर्वक केन्द्राअध्यक्षले नै लिनु पर्ने हुन्छ,परिक्षा स्वच्छ,मर्यादित,शान्त वातावरणमा गर्नुपर्ने दायित्व सवै सरोकारवालाको हुन्छ,बिधार्थीहरुलाई ढुक्क,निर्भिक बातावरणमा लेख्ने बातावरण हुनु पर्छ,सहायक केन्द्राअध्यक्ष,निरिक्षक कसैले रोजेर र भनेको ठाउँमा दिदाँ कुनै नियत पनि हुन सक्छ त्यसो गर्नु हुदैन,अनुगमनका लागी आबश्यकता भन्दा धेरैलाई गर्न दिदाँ समस्या हुन सक्छ,त्यसमा सवै सचेत र सजक हुन जरुरी छ’।

अभिमुखिकरण कार्यक्रममा परिक्षा संचालन गर्दा ध्यान दिनुपर्ने बिषयहरुको बारेमा केन्द्राअध्यक्षलाई जानकारी दिदै परिक्षा संचालनका लागी १७ केन्द्राअध्यक्ष ,२० सहायक केन्द्राअध्यक्ष १४८ जना निरिक्षक,सहायक कर्मचारी ३१ जना र ६० जना कार्यालय सहयोगिहरु तोकिएको समन्वय एकाई प्रमुख मनिराम पराजुलीले बताए ।

केन्द्राअध्यक्ष अभिमुखिकरण कार्यक्रम प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षता,सहायक प्रमुख जिल्ला अधिकार मेघनाथ पाध्य,सेनानी महेश्वर थापा,प्रहरी नायव उपरिक्षक प्रतितसिँह राठोर,सशस्त्र प्रहरी निरिक्षक केशवराज भट्टराई,नेपाल पत्रकार महासंघका अर्घाखाँचीका जिल्ला सह सचिव हृदय भुसालको आथित्यतामा सम्पन्न कार्यक्रममा समन्वय प्रमुख मनिराम पराजुलीको स्वागत तथा बिषयबस्तु माथी प्रकाश र लेखापाल दुर्गा बहादुर बिकको संचालनमा सम्पन्न भएको थियो ।