भुमिकास्थान -९ चुनढुङ्गा प्रकरण : किर्ते कागजातमा पालिकाको संस्थागत सहभागिता रहेको रास्वपा अर्घाखाँचीको आशंका (बिज्ञप्ती सहित )

spot_img

अर्घाखाँची – राष्ट्रिय स्वन्त्र पार्टी अर्घाखाँचीले भुमिकास्थान नगरपालिकाको कागजात किर्ते गर्नेलाइ कारबाहिको दायरामा ल्याउन ढिलासुस्ती गरिएकोमा आपत्ती जनाएको छ ।

पालिकाले आफ्नो सिफारिस किर्ते भनेर पनि दोषीलाइ  कारबाही गर्न न्यायिक प्रक्रियामा जान ढिलाइ गरेको बेला स्वतन्त्र पार्टी अर्घाखाँचीले बिज्ञप्ती निकालेर अविलम्व कानुनी प्रक्रियामा जान दवाब दिएको हो ।

रास्वपा अर्घाखाँचीका संयोजक हरि प्रसाद भुसाल द्वारा हस्ताक्षरित बिज्ञप्तीमा सरकारी कागजात किर्त सम्बन्धी यो घटनाले समग्र जिल्ला बासिको बदनाम भन्दै तत्काल कुनै कदम नचालिनुमा किर्ते भनिएको कागज बनाउन पालिकाकै संस्थागत सहभागिताको आशंका गरिएको छ ।

तत्कालै दोषी पत्ता लगाइ कारबाहिको दायरामा ल्याउन पनि रास्वपा अर्घाखाँचीले माग पनि गरेको छ ।

यस्तो छ बिज्ञप्ती: 

भूमिकास्थान नगरपालिका वडा नं. ९ सान्डेभामा रहेको चुनढुंगा उत्खननको सन्दर्भमा खानी तथा भुगर्भ विभागलाई भूमिकास्थान नगरपालिकाले पठाएको भनिएको प.सं. ०८०÷०८१, च.नं. च.नं. ५८५ को पत्र किर्ते रहेको घटनाले हामीलाई गम्भिर बनाएको छ ।

नेपालको मुलुकी ऐन बमोजिम सरकारी छाप, लेटरप्याड तथा हस्ताक्षर दुरुपयोग दण्डनिय रहेको भनि व्यवस्था गरेको भएपनि उक्त किर्ते कागज तयार पार्ने कार्यमा संलग्न रहेकाहरुको पहिचान तथा दण्डको सम्वन्धमा पालिकाले सक्रियता नदेखाउनुले थप शंसय उत्पन्न गरेको छ । उक्त कार्यमा संलग्नको पहिचान गरी अविलम्व कारवाहीको लागि जोडदार माग गर्दछौं ।

जिल्लाकै बद्नाम हुनेगरी, समग्र पालिकावासीको चरित्र हत्या हुनेगरी भएको उक्त अपराधको घटनाले समग्र हामी जिल्लावासीहरुको शिर निहुरिएको छ । उक्त घटनाका दोशी पहिचानको गरी कारवाहीको लागि अविलम्व पहल लिन आग्रह गर्दै अपराधी पहिचानको लागि भएको पालिकाको ढिलासुस्तीले यो किर्ते घटनामा पालिकाकै संस्थागत हात रहेको त छैन भन्ने आशंका गर्ने ठाउँ दिएकोले अविलम्व दोशी पहिचान गरी सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।