हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लाग्दा एकै परिवारका दुई जनाको मृत्यु

spot_img

काठमाडौं । दाङमा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–३ मसुरियास्थित हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष्ण केसी छन् ।

घटनामा गम्भीर घाइते भएका ६० वर्षीय गोरखबहादुर केसीलाई उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।

एक्कासी बिजुली तार चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।