मौसम सफा हुन अझै केही दिन लाग्ने

spot_img

काठमाडौं । मुलुकका अधिकांस क्षेत्रको मौसम सफा हुन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबारदेखि मौसम खुल्दै जाने छ । पूर्वी नेपाल सहित मध्य क्षेत्रमा वर्षा जारी छ ।

पश्चिम नेपालमा भने बादल लागेपनि वर्षाको सम्भावना कम देखिएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण नेपालको मौसम प्रभावित भएको हो । मध्य चैतमा भइरहेको झरी अनौठो भएको मौसमवीदहरुको भनाई छ ।

मौसमवीद शान्ति कँडेलले अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी रहेको बताइन् ।

गए राति पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भएको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लमजुङमा भएको छ ।