लुम्बिनी विकास कोषका इन्जिनियरविरुद्ध मुद्दा दायर

spot_img

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले इन्जिनियर भट्टराईले कोषमा ठेक्का लिने निर्माण कम्पनीबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबी छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार ८० लाख बराबरको बिगो माग गर्दै कानुनअनुसार हुने सजायसहित मुद्दा दायर गरेको जनाएको छ ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"