नव वर्षकाे अवसरमा भूमिकास्थानकाे ढाकावाङ्गमा विविध खेलकुद कार्यक्रम शुरु (तस्बिर सहित)

spot_img

-टेकराज भुसाल

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर-२ अन्तर्गत रहेको देविकास्थान झाक्रिशाला टाेल बिकास संस्थाको आयोजनामा विविध खेलकुद कार्यक्रम शुरु भएको छ।

May be an image of 10 people, tree and text

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यले नव वर्षको अवसरमा संस्थाले ३ दिने शुभकामना आदानप्रदान तथा विविध खेलकुद कार्यक्रमक शुरु गरेको हो।

May be an image of 1 person, playing American football, playing volleyball and text

भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको कार्यक्रममा २ नम्बर वडा अध्यक्ष बुद्धिबहादुर थापा, वडा सदस्य नारायणप्रसाद खनाल, भूमिकास्थान युवा संजालका अध्यक्ष टेकराज भुसाल, भगवती माविका अध्यक्ष चेतकान्त खनाल लगायले शुभकामना मन्त्वय राख्नुभएको थियो।

May be an image of one or more people, people playing football, people playing American football and people playing volleyball

संस्थाका अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता, सचिव गणेश सुनारकाे संचालन र सदस्य रामबहादुर खत्रीको स्वागत मन्त्वयमा भएको कार्यक्रम कार्यपालिका सदस्य केशरा परियार र विभिन्न संघसंस्था अध्यक्ष तथा प्रतिनिधिहरुकाे आतिथ्यता रहेको थियो।

May be an image of 6 people

३ दिनसम्म संचालन हुने विविध खेलकुद प्रतियोगितामा भलिबल, घैटाेफाेर, कुर्ची दाैड, रसी तान्ने, रमाइलो भित्र बाहिर लगायतका खेलहरु संचालन हुने अध्यक्ष जितेन्द्र खत्रीले बताउनु भएको छ।

तस्बिर: 

May be an image of 4 people and people playing volleyballMay be an image of templeMay be an image of 14 people and textMay be an image of 6 people

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"