भूमिकास्थान धारापानीका बाख्रापालक किसानलाई प्रजननयाेग्य बाख्रा वितरण (तस्बिर सहित)

spot_img

-टेकराज भुसाल,अर्घाखाँची ।

अर्घाखाँची । अर्घाखाँची भूमिकास्थान नगरपालिका -३ धारापानीका बाख्रापालक कृषकलाई प्रजननयाेग्य बाेका र पाठी वितरण गरिएको छ ।

May be an image of 11 people and text

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीको आर्थिक सहयोगमा सानीपाेखरी कृषि तथा पशुपालन कृषक समूह भूमिकास्थान-३ मा आवद्ध कृषकहरुलाई प्रजननयाेग्य बाेका र पाठी वितरण गरिएको हो।

May be an image of 7 people and text

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पाैडेल, भूमिकास्थान -३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, प्रगति कृषक सहकारी संस्थाका अध्यक्ष भुवानन्द भुसाल,भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र राधा पन्थी (पान्डे) भूमिकास्थान युवा संजालका अध्यक्ष टेकराज भुसालले कृषकलाई ५८ वटा प्रजननयाेग्य बाख्रा, २ वटा बाेका हस्तान्तरण गर्नुभएको थियो।

May be an image of 4 people and text

साे अवसरमा बाेल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पाैडेलले अनुदानमा दिइएको प्रजननयाेग्य बाख्रा तथा बाेकाबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरूका अघि उदाहरणीय बन्न किसानलाई आग्रह समेत गर्नुभयो।

May be an image of 9 people

भूमिकास्थान-३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडेले ३ नम्बर वडा बाख्रापालनका लागि उपयुक्त वातावरण भएको बताउँदै बाख्रापालन व्यवसाय अघि बढाउन आग्रह गर्नुभयो।

May be an image of 11 people and text

प्रगति कृषक सहकारी संस्था भूमिकास्थान १ र २ का अध्यक्ष भुवानन्द भुसालले सहकारीमा आबद्ध कृषकले प्राप्त गरेका प्रजननयाेग्य बाेका तथा पाठीहरुलाइ राम्रोसँग पालनपोषण गरि आर्थिक लाभ लिन लागि अनुरोध गर्दै कृषकहरुलाई केही समस्या परेमा साथ दिन तयार रहेको बताउनु भयो।

May be an image of 11 people and text

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका पशु प्राविधिक हुमाकान्त बन्जाडे, भूमिकास्थान युवा संजालका संयाेजक टेकराज भुसाल भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारी, स्थानीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि तथा कृषकहरुकाे उपस्थिति रहेको थियो।

May be an image of 4 people, temple and text

कार्यक्रम सानीपाेखरी कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष बसन्ता पाैडेलकाे अध्यक्षता र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका अधिकृत छैठौं सुन्दरलाल बिककाे सहजीकरणमा सम्पन्न भएको थियो।

थप तस्बिर :

May be an image of 4 people and people smiling

May be an image of 6 people

May be an image of 5 people and temple

May be an image of 9 people

May be an image of 4 people, temple and text

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"