जिबी राई र दिपेश पूनसहित २८ जना प्रतिवादीविरुद्ध १ अर्ब बिगाे दावी पेश गर्दै मुद्दा दायर गर्ने तयारी

spot_img

बुटवल – बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा  भएकाे ठगीमा मुद्दा दायर हुने भएकाे  छ।   घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुस न्धान प्रतिवेदन  जिल्ला सरकारी वकिलकाे कार्यालयमा  बुझाएको छ । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको र आइतबारसम्म अध्ययन गरेर साेमबार मुद्दा दायर गर्ने सरकारी वकिलकाे तयारी छ । सम्भव त  साेमबार मुद्दा दायर हुने एक सरकारी वकिलले बताए ।

ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन राय अनुसन्धान प्रतिवेदनमा गरिएकाे छ ।
१ अर्ब २ करोड  सर्वसाधारणकाे रकम घाेटला भएकाले साेही बराबरकाे बिगाे दावी लिनुपर्ने  अनुसन्धान प्रतिवेदन राय छ ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । पुन चैत २ मा काठमाडौँबाट पक्राउ परेका हुन् ।

सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

-एनपि

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"