ढाकावाङ्गमा भएको भलिबल खेलको उपाधी असुरकाेट युवा संजाललाई (तस्बिर सहित)

spot_img

-टेकराज भुसाल, अर्घाखाँची। 

भूमिकास्थान । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर -२ ढाकावाङकाे ठुलापाेखरामा सम्पन्न भलिबल प्रतियोगिताकाे उपाधी असुरकाेट युवा संजालले हाता पारेको छ।

May be an image of 12 people and text

देविकास्थान झाँकिशाला टाेल बिकास संस्थाले नवबर्षकाे अवसरमा आयोजना गरेको भलिबल खेलकाे आज फाइनल खेल भएको हाे।

May be an image of 11 people and text

सहभागी १२ समुह मध्य प्रथम स्थानका लागि धारापानी र असुरकाेट युवा संजाल बीच भएको खेलमा धारापानीलाई पछि पार्दै असुरकाेट युवा संजालले प्रथम स्थान हासिल गर्न सफल भएको हो भने धारापानी दोस्रो भएको छ।

May be an image of 8 people and text

यसै गरि तेस्राे स्थानकाे लागि सितगंगा सितापुर र मालारानी बामरुक बीच भएको खेलमा सितापुरलाई पछि पार्दै बामरुकले तेस्राे स्थान हाता पार्न सफल भएको छ ।

May be an image of 10 people, people playing American football and text

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, २ नम्बर वडाका अध्यक्ष बुद्धिबहादुर

May be an image of 11 people and text

थापा, कार्यपालिका सदस्य केशरा परियार, वडा सदस्य नारायण प्रसाद खनाल, भूमिकास्थान युवा संजालका संयाेजक टेकराज भुसाल र संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले

May be an image of 9 people and text

क्रमश २५ हजार, १५ हजार र १० हजार सहित सिल्ड मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नुभएकाे थियोे ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"