युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो B2B Connect २०२४

-कृष्ण परीयार

बुटवल, बैशाख । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा शनिवार (भोली) B2B Connect २०२४ हुने भएको छ । नेपालमै पहिलो पटक नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाईगर प्यालेस रिर्सोटमा आयोजना हुन लागेको कार्यक्रममा युवा उद्यमी मञ्चका विभिन शाखाका प्रमुख तथा सदस्यहरुको सहभागीता हुने छ ।

चितवन, पोखरा, ललितपुर, नेपालगञ्ज, रुपन्देही लगायतका जिल्लाबाट युवा उद्यमी मञ्चका सबै सदस्य तथा प्रतिनिधीहरुको सहभागीता हुने आयोजक संस्था युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए । B2B Connect २०२४ को तयारी सबै पुरा भएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । कार्यक्रममा नेशनल गर्भिनिङ्ग काउन्सीलका एक्जुकेटिभ मेम्बर पवित्र गौतमले सहजीकरण गर्ने छन् । यस्तै मुख्य वक्ताको रुपमा मान्सी अग्रवाल रहेकी छिन् ।

उनीहरुले उद्यमशील नेटवर्किङ सम्बन्धि तालिम प्रदान गर्ने तथा B2B सत्र हुने जनाइएको छ । युवा उद्यमी मञ्च रुपन्देहीले विगत लामोसमय देखि युवा उद्यमीहरुको पक्षमा विभिन्न काम गर्दै आएको छ । यो भन्दा पहिला युवा उद्यमशिलता विकासको लागि समेत उत्प्रेणात्मक कार्यक्रम गर्दै आएको थियो ।

यसको अलवा मञ्चले मोबाईल मेला, जुत्ता मेला , युवा उद्ध्यमी सम्मेलन, युवा उदयामशील Bootcamp,नेपाल उत्पादीत बस्तुको मेला (मेडईन नेपाल) समेत आयोजना गर्दै आएको छ । यस्तै अन्तर उत्प्रेणात्मक कार्यक्रम समेत गर्दै आएको छ ।