भूमिकास्थान ३ र ४ मा भएको आगलागीमा घरबास गुमाएका पीडितहरू प्रति ८२ वर्षीय बुवाले गरेको सहयोग (तस्बिर सहित)

भूमिकास्थान – गत वैशाख ५ गते भूमिकास्थान ३ र ४ मा आगलागीका कारण घरबास गुमाएका पीडित वर्ग प्रति समर्पित भएर सानो सहयोग गर्दै ८२ वर्षको उमेरमा पनि समाज सेवा गरेर नै वैकुण्ठ धाम गइन्छ, मनमा शान्ति र सन्तोष हुन्छ र घरमा सधैँ ईश्वरको बास हुन्छ भन्ने विचारधाराका साथ भूमिकास्थान ४ निवासी  समाजसेवी भूप प्रसाद बन्जाडेले रु. ५०,००० ( पचास हजार रुपैयाँ मात्र) सहयोग गर्नु भएको छ।

May be an image of 6 people and people smiling

गत साता भएको आगालागीमा कुल १५ घरमा क्षति भएको थियो। उहाँले आगलागी क्षेत्रका बस्तीहरू अवलोकन गरी आपतका बेला नआत्तिई एकले अर्कालाई सहयोग गर्नुपर्छ र पीडितको पीडामा मलम लगाउनु पर्छ भनेर सबैलाई सान्त्वना दिँदै पीडित सँग भेट्घाट गरी उक्त सहयोग गरेका हुन ।

May be an image of 6 people

मानिस विवेकशील सर्वश्रेष्ठ सामाजिक प्राणी भएको ऊ जिउँदाको जन्ती र मर्दाको मलामी हुनुपर्छ र परस्परमा सहयोगी भावना हुनु पर्ने कुरामा जोड दिने उनको

May be an image of 16 people and tree

समाजमा पार्टी पौवाको निर्माण, खोलानालाको संरक्षण र सामाजिक काममा अग्रसर ८२ वर्षीया बुबा भूप प्रसाद बन्जाडेको समाजसेवा प्रतिको मोह उदाहरणीय छ। यसले हामीलाई हाम्रो समाज र संस्कृतिको संरक्षणका निम्ति प्रेरणा दिएको छ। सबैमा समाजसेवी बन्जाडेको जस्तो व्यवहार भए समाज जीवन्त रहन्छ भन्नेमा दुइ मत छैन।

थप तस्बिर:

May be an image of fire and treeMay be an image of 16 people and treeMay be an image of 16 people and treeNo photo description available.