अर्घाखाँची : आगलागीमा परि ४ वर्षीया बालिकाकाे ज्यान गयाे

-प्रेमनारायण आचार्य ।

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीमा परि एक बालिकाको ज्यान गएको छ ।

आज दिउँसो भूमिकास्थान–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभयो ।

हजुरबुबा घरबाहिर गएको समयमा आगलागी भएकाले घरभित्र रहेकी नातिनी आगोले जलेर मृत अवस्थामा भेटिएकी थिइन् । यस्तै आगलागीबाट दुई वटा घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् ।