सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा एजेन्सी पुनर्ताजगी कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-टेकराज भुसाल ।

 बुटवल । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुर्गिया शाखाको आयोजनामा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी मुर्गिया शाखाले सैनामैनामा कम्पनीका प्रदेश प्रमुख शुसिल चापागाईं, RM बिकास अधिकार,TOT कमल घिमिरेकाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो।

साे पुनर्ताजगी कार्यक्रममा उपस्थित एजेन्सीलाई प्रशिक्षण दिदै प्रदेश प्रमुख शुसिल चापागाईं, RM बिकास अधिकार,TOT कमल घिमिरेले ३५ घातक रोगको उपाचार खर्च दिने नेपालको एक मात्र जिवन बिमा कम्पनी सुर्यज्योति लाइफ रहेको बताउदै ढुक्क भएर बिमा गर्न सबैमा अनुरोध गर्न्नु भएको थियो।

कम्पनीका मुर्गिया शाखा प्रमुख कृष्णप्रसाद खनालको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट एजेन्सिलाइ  सम्मान गरिएको थियो भने शाखाले उत्कृष्ट व्यवसायी गरेको भन्दै केक काटेर  मनाएको थियो।